२९ चैत २०८२ आईतबार | 12 Apr 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सिंहदरबारमा रास्वपा बैठक बस्दै, उपसभामुख निर्वाचन मुख्य एजेन्डा



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ४३
  • काठमाडौं, चैत २७ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजना हुने जनाइएको छ ।

    बैठकमा विशेषगरी आजै हुने उपसभामुख पदको निर्वाचनलाई केन्द्रमा राखेर रणनीतिक छलफल हुने तयारी गरिएको छ । साथै समसामयिक राजनीतिक विषयमा पनि विचार-विमर्श हुने बताइएको छ ।

    उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राप्रपाकी सरस्वती लामा प्रतिस्पर्धामा छन् । ठाकुरले रास्वपाको समर्थनमा उम्मेदवारी दर्ता गराइसकेकी छन् ।

    रास्वपाको संसदमा बलियो उपस्थितिका कारण ठाकुरको जित सुनिश्चितजस्तै देखिएको छ । रास्वपाको समर्थनले निर्वाचन परिणाममा निर्णायक भूमिका खेल्ने आकलन गरिएको छ ।