२९ चैत २०८२ आईतबार | 12 Apr 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

राप्रपासँग विवाद होइन संवाद चलिरहेको छ: रवि लामिछानेको स्पष्ट भनाइ



  • अञ्जना ढकाल
  • हिंजो प्रकाशित
  • पाठक संख्या ६१
  • काठमाडौं, चैत २७ - रास्वपा सभापति रवि लामिछानेले राप्रपालाई धोका दिएको आरोप अस्वीकार गर्दै भविष्यमा सहकार्यका सम्भावना अझै खुला रहेको बताएका छन् ।

    सिंहदरबारमा बैठकपछि सञ्चारकर्मीसँग उनले एक निर्णयकै आधारमा सम्बन्ध टुंगिएको ठान्न नमिल्ने स्पष्ट पारे ।

    उपसभामुख चयनमा धोका दिएको भन्दै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले असन्तुष्टि जनाएपछि रविले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    उनले राजनीतिक निर्णयहरूमा विभिन्न पक्षको प्रभाव पर्ने भएकाले त्यसलाई धोका भन्न नमिल्ने बताए ।

    रविले शाही आफ्नो नजिकको साथी भएको उल्लेख गर्दै आगामी दिनमा दुवै पक्षबीच सहकार्य जारी रहने संकेत गरेका छन् ।