३ बैशाख २०८३ बिहिबार | 16 Apr 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सरकारको निर्णयमाथि डा. गोविन्द केसीको प्रश्न : ‘कानुन नबुझेको हो कि जानाजानी उल्लंघन ?’



  • अञ्जना ढकाल
  • ४ दिन अघि
  • पाठक संख्या ६१
  • काठमाडौं, चैत २९ - चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले एमबीबीएसमा अतिरिक्त छात्रवृत्तिमा भर्ना दिने सरकारी निर्णयप्रति आपत्ति जनाएका छन्। उनले सरकारको अभिव्यक्तिले कानुनी प्रक्रिया नबुझेको वा जानाजानी उल्लंघन गर्न खोजिएको संकेत गरेको बताएका छन्।

    केसीले जेनजी आन्दोलनमा घाइते भएकालाई छात्रवृत्तिमा भर्ना दिने निर्णय राष्ट्रिय चिकित्सा शिक्षा ऐनविपरीत भएको दाबी गरेका छन्। उनका अनुसार चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठकबाट गरिएको निर्णय गैरकानुनी छ।

    उनले एमबीबीएस भर्ना प्रक्रिया प्रवेश परीक्षा, नतिजा र योग्यताक्रमका आधारमा हुने व्यवस्था रहेको उल्लेख गरे। यस वर्षका लागि सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा नयाँ निर्णय ल्याउनु उचित नहुने उनको भनाइ छ।

    शिक्षा मन्त्रालयको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै उनले तत्काल फिर्ता लिन माग गरेका छन्। साथै, कानुनी दायराभित्र रहेर समाधान खोज्न सरकारलाई सुझाव दिएका छन्।

    डा. केसीले विधिको शासन कायम राख्न सरकारलाई आग्रह गर्दै विगतका सम्झौता कार्यान्वयन गर्न पनि चेतावनी दिएका छन्। अन्यथा सत्याग्रहसहित आन्दोलनमा जान बाध्य हुने उनले बताएका छन्।