काठमाडौं, वैशाख १ - सरकारले वन डढेलो न्यूनीकरणका लागि ड्रोन र स्याटेलाइट प्रविधिबाट रियल टाइम निगरानी गर्ने योजना सार्वजनिक गरेको छ। राष्ट्रिय प्रतिवद्धता पत्रको मस्यौदामार्फत यस्तो व्यवस्था अघि सारिएको हो।
सामुदायिक तथा राष्ट्रिय वनको सुरक्षाका लागि ‘वन डढेलो उच्च सतर्कता केन्द्र’ स्थापना गरिने उल्लेख छ। यसमार्फत डढेलोको तत्काल पहिचान र नियन्त्रणलाई प्रभावकारी बनाइने सरकारको लक्ष्य छ।
वन सम्पदाको दिगो उपयोगका लागि नीतिगत तथा कानुनी सुधार गरिनेछ। काठको सहज उपयोग र बिक्री बढाएर विदेशबाट हुने आयात घटाउने योजना पनि सरकारले अघि सारेको छ।
त्यसैगरी जलवायु परिवर्तन न्यूनीकरण, हरित अर्थतन्त्र प्रवर्द्धन, जलाधार संरक्षण र वायु प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राख्दै वातावरणीय सन्तुलन कायम गर्ने प्रतिवद्धता जनाइएको छ।
प्रतिक्रिया दिनुहोस