३ बैशाख २०८३ बिहिबार | 16 Apr 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

देशभर फैलियो कांग्रेसको ‘जरामा जाऊँ अभियान’



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ४२
  • काठमाडौं, वैशाख १ - नेपाली कांग्रेसले संगठनलाई तल्लो तहसम्म सक्रिय बनाउने उद्देश्यसहित ‘एक महिने जरामा जाऊँ अभियान’ मंगलबारदेखि सुरु गरेको छ । अभियानका लागि देशभरका ७७ जिल्लामा केन्द्रीय प्रतिनिधिहरू परिचालन गरिएको छ ।

    पार्टीले प्रतिनिधिहरूलाई वडास्तरसम्म पुगेर प्रत्यक्ष रूपमा काम गर्न निर्देशन दिएको छ । उनीहरूले सदस्यता विस्तार, संगठन सुदृढीकरण र स्थानीयस्तरमा सक्रियता बढाउने जिम्मेवारी पाएका छन् ।

    अभियान अन्तर्गत कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई प्राथमिकता दिएको छ । यसका लागि वडामै सदस्यता नवीकरण गर्ने, नयाँ सदस्यता वितरण गर्ने र ‘कांग्रेस आईडी’ अनिवार्य बनाउने योजना अघि सारिएको छ ।

    सदस्यता प्रक्रियालाई व्यवस्थित बनाउन फारम भर्ने, फोटो खिच्ने र ‘ओटीपी’ नम्बर प्रयोग गर्ने व्यवस्था लागू गरिने जनाइएको छ । साथै नयाँ सदस्यता डिजिटल माध्यमबाट उपलब्ध गराउने तयारी गरिएको छ ।

    सभापति गगनकुमार थापाले काठमाडौं महानगरपालिका वडा नम्बर ३० बाट अभियानको सुरुवात गर्ने कार्यक्रम रहेको छ । पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई वैशाखभित्र आफ्नो वडामा पुगेर सदस्यता अद्यावधिक गर्न निर्देशन दिइएको छ ।

    अभियान अवधिमा कांग्रेसले संगठनको अवस्था मूल्यांकन गर्ने, नागरिकसँग संवाद गर्ने र सामाजिक विषयमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । साथै प्रतिनिधिहरूलाई जिल्ला र वडास्तरको गतिविधिबारे प्रतिवेदन तयार पार्न जिम्मेवारी दिइएको छ ।