काठमाडौं, चैत ३० - गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणसम्बन्धी सामाजिक सञ्जालमा राखेको विवादास्पद अभिव्यक्ति हटाएका छन् । मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भएपछि उठेको बहसबीच उनले दिएको प्रतिक्रिया आलोचनाको केन्द्र बनेको थियो ।
मन्त्रीहरूको सम्पत्तिबारे विभिन्न टिकाटिप्पणी भइरहेका बेला गुरुङले आफूले सरकारमा आउनुअघि आर्जन गरेको सम्पत्ति गलत नभएको बताएका थिए । तर उक्त अभिव्यक्तिले सामाजिक सञ्जालमा झन् विवाद बढाएको थियो ।
उनको टिप्पणी विशेषगरी गरिबीसम्बन्धी भनाइका कारण आलोचित बनेको थियो । उनले गरिब भएर जन्मनु दोष नभए पनि गरिब अवस्थामै मृत्यु हुनु चाहिँ व्यक्तिको कमजोरी भएको आशय व्यक्त गरेका थिए ।
प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि सुन, चाँदी तथा अन्य सम्पत्तिबारे जनस्तरमा प्रश्न उठिरहेका छन् । यही परिवेशमा आएको गुरुङको प्रतिक्रिया थप विवादित बनेको हो ।
आलोचना तीव्र बन्दै गएपछि उनले आफ्नो आधिकारिक इन्स्टाग्राम स्टोरीमार्फत राखिएको उक्त भनाइ हटाएका छन् । अहिले सो पोस्ट सामाजिक सञ्जालमा देखिँदैन ।
प्रतिक्रिया दिनुहोस