धनकुटा, वैशाख ४ - धनकुटामा एक १३ वर्षीया बालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–६ गुठका धनबहादुर गिरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार घटनापछि पीडित पक्षले प्रहरीमा उजुरी दर्ता गराएका थिए। सोही उजुरीका आधारमा प्रहरीले आरोपितलाई उनको निवासबाट नियन्त्रणमा लिएको हो।
प्रहरी प्रमुख शरतकुमार थापा क्षत्रीका अनुसार बालिका जन्मजात बोल्न नसक्ने अवस्थामा रहेको बताइएको छ। आरोपितले घरमा कोही नभएको मौका पारेर जबर्जस्ती गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
हाल पक्राउ परेका गिरीमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस