४ बैशाख २०८३ शुक्रबार | 17 Apr 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गणेश पराजुली बने रास्वपा संसदीय दलको उपनेता



  • अञ्जना ढकाल
  • १० घण्टा अघि
  • पाठक संख्या ४४
  • काठमाडौं, वैशाख, ३ - राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा संसदीय दलको उपनेतामा सांसद गणेश पराजुलीलाई चयन गरेको छ । पार्टीको संसदीय दलको बैठकले उनलाई उक्त जिम्मेवारी दिएको हो ।

    काठमाडौं–७ बाट निर्वाचित पराजुलीलाई उपनेतामा चयन गरिएको जानकारी मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले दिएका छन् । बैठकले पार्टीभित्र नेतृत्व व्यवस्थापनलाई व्यवस्थित बनाउन विभिन्न पदमा जिम्मेवारी बाँडफाँट गरेको जनाएको छ ।

    यसै क्रममा मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटीलाई निरन्तरता दिइएको छ भने सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल चयन भएका छन् ।

    रास्वपाको संसदीय दलको नेताको भूमिकामा प्रधानमन्त्री बालेन शाह रहेका छन् ।