काठमाडौं, वैशाख ९ - गृहमन्त्री सुदन गुरुङ प्रधानमन्त्री बालेन शाहसँग छलफलका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।
विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी र सम्बन्धित कम्पनीमा आफ्नो सेयर रहेको तथ्य सार्वजनिक भएपछि गुरुङमाथि चौतर्फी आलोचना बढिरहेको छ ।
उक्त प्रकरण सार्वजनिक भएसँगै राजनीतिक तथा सार्वजनिक वृत्तमा गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठ्न थालेका छन् ।
यसै सन्दर्भमा विकसित परिस्थितिबारे प्रधानमन्त्रीसँग छलफल गर्न गृहमन्त्री गुरुङ बालुवाटार पुगेको स्रोतले जनाएको छ ।
यता, बढ्दो विवादका बीच गृहमन्त्री गुरुङलाई पदबाट राजीनामा दिनुपर्ने माग पनि तीव्र बन्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस