१५ बैशाख २०८३ मंगलबार | 28 Apr 2026 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गोल्छालाई किन थुनामुक्त नगर्ने ? कारण पेश गर्न सर्वोच्चको आदेश



  • अञ्जना ढकाल
  • ३ घण्टा अघि
  • पाठक संख्या २१
  • काठमाडौं, वैशाख १५ - सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको इजलासले उक्त आदेश जारी गरेको हो।

    गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै अदालतले पक्राउ परेका गोल्छालाई किन थुनामुक्त नगर्ने भन्ने आधारसमेत पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

    हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गोल्छालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

    अदालतले तोकेको समयसीमाभित्र गोल्छालाई उपस्थित गराउन तथा आवश्यक कारण स्पष्ट पार्न सम्बन्धित निकायलाई आदेश दिइएको छ।