१९ बैशाख २०८३ शनिबार | 02 May 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सरकारद्वारा फेरि नयाँ अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस



  • अञ्जना ढकाल
  • २४ घण्टा अघि
  • पाठक संख्या ३३
  • काठमाडौँ, वैशाख १८ - बालेन्द्र शाह नेतृत्वको सरकारले पुनः अर्को अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। यसपटक सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन संशोधनका लागि अध्यादेश अघि बढाएको हो।

    राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रितेशकुमार शाक्यका अनुसार उक्त अध्यादेश राष्ट्रपतिको कार्यालयमा दर्ता भइसकेको छ। यससँगै हालसम्म सरकारले सिफारिस गरेका अध्यादेशहरूको संख्या आठ पुगेको छ।

    शाक्यले दिएको जानकारीअनुसार तीमध्ये दुई वटा अध्यादेश मात्र हालसम्म जारी भइसकेका छन् भने बाँकी छ वटा अध्यादेश अध्ययनकै क्रममा रहेका छन्। सरकारले पठाएका अध्यादेशहरू राष्ट्रपतिबाट स्वीकृत भएपछि मात्र कार्यान्वयनमा आउनेछन्।

    यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरिसकेका छन्। पछिल्लो सिफारिस गरिएको अध्यादेशले सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थामा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।