काठमाडौं, असार २ - राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
राहदानी छपाइसँग सम्बन्धित अनियमितताको विषयमा अनुसन्धान अघि बढाउने क्रममा आयोगको टोलीले मंगलबार उनलाई पक्राउ गरेको हो। स्रोतका अनुसार अर्याललाई त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयबाट नियन्त्रणमा लिइएको हो।
अख्तियार निकट स्रोतले राहदानी छपाइ प्रक्रियामा भएको भनिएको अनियमितताबारे थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको जानकारी दिएको छ। विभागको ३०१ नम्बर कोठाबाट उनलाई पक्राउ गरिएको हो।
घटनाबारे अख्तियारले औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन। अनुसन्धान जारी रहेकाले आवश्यक तथ्य संकलन र बयानका कार्यहरू अघि बढाइने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस