३ असार २०८३ बुधबार | 17 Jun 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सचिवालय सदस्य बनेपछि सागर ढकालले लिए पद तथा गोपनीयताको शपथ



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या ८३
  • काठमाडौं, वैशाख २० - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनियुक्त सचिवालय सदस्य सागर ढकालले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    आइतबार पार्टी कार्यालय बनस्थलीमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले उनलाई शपथ गराएका हुन्।

    रास्वपाको वैशाख ७ गते बसेको केन्द्रीय समिति बैठकले सचिवालय सदस्य संख्या विस्तार गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार ढकाललाई सचिवालय सदस्यमा मनोनयन गरिएको हो।

    उक्त बैठकले सभापति लामिछानेको प्रस्तावमा सागर ढकालसँगै सरिताश्री ज्ञवालीलाई पनि सचिवालय सदस्य बनाउने निर्णय पारित गरेको थियो।

    यससँगै रास्वपाको सचिवालय अब १६ सदस्यीय बनेको पार्टीले जनाएको छ।