२५ बैशाख २०८३ शुक्रबार | 08 May 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जुम्लामा जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ, अनुसन्धान जारी



  • अञ्जना ढकाल
  • हिंजो प्रकाशित
  • पाठक संख्या ३४
  • जुम्ला, वैशाख २४ - जुम्लामा जबरजस्ती करणीको आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार २६ वर्षीया एक महिलाले दिएको उजुरीका आधारमा बुधबार उनलाई नियन्त्रणमा लिइएको हो । घटनापछि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

    प्रहरी नायव उपरीक्षक रबिनबाबु रेग्मीले घटनाबारे अनुसन्धान जारी रहेको जानकारी दिएका छन् । उनका अनुसार उजुरी दिने महिला अविवाहित हुन् भने पक्राउ परेका वडाध्यक्ष विवाहित व्यक्ति हुन् ।

    प्रहरीले अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

    घटनापछि स्थानीय क्षेत्रमा चर्चा बढेको छ भने प्रहरीले तथ्य र प्रमाणका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइरहेको बताएको छ ।