८ असार २०८३ सोमबार | 22 Jun 2026 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

चितवन पुगेका प्रधानमन्त्री बालेन शाहले सौराहा भ्रमण गर्दै हात्ती प्रजनन केन्द्रको अवलोकन गर्दै



  • अञ्जना ढकाल
  • २ घण्टा अघि
  • पाठक संख्या २४
  • चितवन, असार ८ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन चितवन आएका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह सोमबार परिवारसहित पर्यटकीय नगरी सौराहा पुगेका छन्।

    सौराहा भ्रमणका क्रममा प्रधानमन्त्री शाहले चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको हात्ती प्रजनन केन्द्रको अवलोकन गरेका छन्। उनले हात्ती संरक्षण, प्रजनन प्रक्रिया, व्यवस्थापन प्रणाली तथा पर्यापर्यटनसँग जोडिएको गतिविधिबारे जानकारी लिएका छन्।

    भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सौराहाको प्राकृतिक सौन्दर्य, जैविक विविधता र वन्यजन्तु संरक्षणबारे चासो व्यक्त गरेका थिए। स्थानीय स्रोतका अनुसार उनले “सौराहाको प्रकृति अत्यन्तै सुन्दर र संरक्षणयोग्य छ” भन्दै यसको दीगो विकासमा ध्यान दिनुपर्ने धारणा राखेका थिए।

    परिवारसहित सौराहा पुगेका प्रधानमन्त्री शाहले स्थानीय पर्यटन व्यवसायीहरूसँग समेत अनौपचारिक छलफल गरेका थिए। उनीहरूले सौराहाको पर्यटन सम्भावना र संरक्षणसँग जोडिएको विकासबारे जानकारी गराएका थिए।

    यसैबीच, प्रधानमन्त्री शाह हाल कालिका नगरपालिका–शक्तिखोरस्थित होटल लटौली सेन्चुरीमा बसोबास गरिरहेको बताइएको छ।

    सौराहा भ्रमणलाई राजनीतिकभन्दा पनि पारिवारिक तथा पर्यटकीय रूपमा हेरिएको छ। प्रधानमन्त्रीको उपस्थितिले क्षेत्रको पर्यटन गतिविधिमा थप चहलपहल बढेको स्थानीय व्यवसायीहरूले बताएका छन्।