२९ बैशाख २०८३ मंगलबार | 12 May 2026 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

हिन्दू संस्कृतिको उदाहरण दिँदै कार्कीले भनिन्– सानो उमेरकीलाई पनि आमा भनिन्छ



  • अञ्जना ढकाल
  • हिंजो प्रकाशित
  • पाठक संख्या ३३
  • काठमाडौं, वैशाख २८ - पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) की पत्नीलाई ‘राष्ट्रिय माता’ का रूपमा सम्मान गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् । हिन्दू संस्कृतिमा सानो उमेरकी महिलालाई समेत आमा वा माता भनेर सम्मान गर्ने परम्परा रहेको उनले बताइन्।

    दुई दिनअघि दिएको अभिव्यक्तिबारे स्पष्ट पार्दै कार्कीले आफूले बालेनकी पत्नीलाई सम्मानस्वरूप ‘माता’ भन्न आग्रह गरेको बताइन् । चलचित्र ‘एक मुठ्ठी बादल’ को प्रिमियर कार्यक्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो प्रतिक्रिया दिएकी हुन्।

    कार्कीले एक पत्रकारप्रति असन्तुष्टि जनाउँदै आफूलाई गलत ढंगले प्रस्तुत गरिएको आरोपसमेत लगाइन्। आफूविरुद्ध निरन्तर नकारात्मक टिप्पणी र आलोचना गरिएको भन्दै उनले उक्त पत्रकारलाई आफूले ‘आमा’ नमान्ने प्रतिक्रिया दिएकी थिइन्।

    उनले आफू परिवारका सदस्यहरूका लागि आमा भएको उल्लेख गर्दै सामाजिक र सांस्कृतिक रूपमा आमाको सम्मान फरक–फरक व्यक्तिमा हस्तान्तरण हुन सक्ने तर्क गरिन्। हिन्दू संस्कृतिमा सानो बालिकालाई पनि ‘आमा’ भनेर सम्बोधन गर्ने चलन रहेको उनको भनाइ थियो।

    कार्कीले बालेन शाहको शपथ ग्रहणकै दिनदेखि आफूले बालेनकी पत्नीलाई सम्मानको दृष्टिले ‘माताश्री’ मान्नुपर्ने धारणा राखेको बताउँदै त्यसलाई सञ्चारमाध्यमले गलत रूपमा प्रस्तुत गरेको गुनासो गरिन्।