२ जेठ २०८३ शनिबार | 16 May 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बहिष्कारको चर्चाबीच जेनजीलाई संवादमा आउन आग्रह



  • अञ्जना ढकाल
  • ११ घण्टा अघि
  • पाठक संख्या ४०
  • काठमाडौं, जेठ १ -  संविधान संशोधनका लागि गठन गरिएको कार्यदलले जेनजी प्रतिनिधिहरूलाई छलफलमा सहभागी भएर आफ्ना धारणा राख्न आह्वान गरेको छ। कार्यदलले आज हुने संवादलाई लिएर फैलिएका अन्योल हटाउन खोजेको हो।

    कार्यदलका संयोजक असिम शाहले सबै पक्षको सुझाव समेटेर बहसपत्र तयार गर्ने लक्ष्य रहेको बताए। उनले जेनजीहरूको सहभागिता संविधान संशोधन प्रक्रियाका लागि महत्त्वपूर्ण रहेको उल्लेख गरे।

    अघिल्लो सरकारसँग भएका सहमतिका विषयमा केही असन्तुष्टि देखिएपछि शाहले ती सहमतिहरू कार्यान्वयनको प्रक्रियामा रहेको स्पष्ट पारे। जेनजी परिषद् गठनको तयारी अन्तिम चरणमा पुगेको पनि उनले जानकारी दिए।

    संविधान संशोधनसम्बन्धी सुझाव संकलन नै अहिलेको छलफलको मुख्य उद्देश्य भएको कार्यदलले जनाएको छ। यसलाई अन्य राजनीतिक विषयसँग जोडेर भ्रम सिर्जना नगर्न आग्रह गरिएको छ।

    कार्यदलले मौखिक र लिखित दुवै माध्यमबाट सुझाव लिने व्यवस्था मिलाएको जनाएको छ। बोल्न समय नपाइने भन्ने प्रचार गलत भएको भन्दै सबैको धारणा सुनिने विश्वास दिलाइएको छ।

    गत चैत २५ गतेदेखि सुरु भएको परामर्श प्रक्रियामा संविधानविद्, पूर्वप्रशासक र सञ्चार क्षेत्रका विज्ञहरूसँग छलफल भइसकेको छ। आगामी दिनमा अन्य सरोकारवालासँग पनि संवादलाई निरन्तरता दिइने कार्यदलले जनाएको छ।