१५ असार २०८३ सोमबार | 29 Jun 2026 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

संसदीय मर्यादा र प्रक्रिया सिकाउन प्रतिनिधिसभाका सांसदलाई दुईदिने प्रशिक्षण



  • अञ्जना ढकाल
  • १ घण्टा अघि
  • पाठक संख्या १६
  • काठमाडौं, असार १५ - प्रतिनिधिसभाका सांसदहरूको संसदीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संघीय संसद् सचिवालयले दुईदिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। संसद् भवनस्थित सभा हलमा सञ्चालन भइरहेको उक्त कार्यक्रम भोलिसम्म जारी रहने सचिवालयले जनाएको छ।

    संसदीय प्रशिक्षण शाखाको आयोजनामा भइरहेको कार्यक्रममा सांसदहरूलाई संसदीय प्रक्रिया, अभ्यास, नियम तथा विधेयकसम्बन्धी आधारभूत विषयमा जानकारी गराइँदै छ। प्रशिक्षणमार्फत संसद्को कार्यसम्पादनलाई थप प्रभावकारी र व्यवस्थित बनाउने लक्ष्य राखिएको सचिवालयको भनाइ छ।

    पछिल्लो समय विशेषगरी नवनिर्वाचित सांसदहरूमा संसदीय प्रक्रिया र नियमबारे पर्याप्त जानकारीको अभाव देखिएको तथा सदनमा अपेक्षित परिपक्वता नदेखिएको भन्दै विभिन्न तहबाट टिप्पणी भइरहेका बेला संसद् सचिवालयले यो प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो।

    प्रशिक्षणमा सहभागी सांसदहरूले संसदीय अभ्यासलाई व्यवहारमा उतार्ने, सदनमा प्रभावकारी भूमिका निर्वाह गर्ने तथा संसदीय मर्यादा र प्रक्रियाबारे विस्तृत जानकारी प्राप्त गर्नेछन्।