१४ असार २०८३ आईतबार | 28 Jun 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

वाम एकताको विकल्प छैन, अब ढिलाइ नगरौँ : झलनाथ खनाल



  • अञ्जना ढकाल
  • ३ घण्टा अघि
  • पाठक संख्या २४
  • काठमाडौं, असार १४ - नेकपा नेता झलनाथ खनालले वामपन्थी शक्तिहरूबीचको एकता समयको माग भएको बताएका छन्। उनले कम्युनिस्ट आन्दोलनलाई सशक्त बनाउन सबै वामपन्थी दलहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याए।

    जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै खनालले लामो अन्तरालपछि दुई ठूला वामपन्थी दलका नेताहरू एउटै मञ्चमा उपस्थित हुनु सुखद र सकारात्मक सुरुवात भएको बताए।

    उनले बदलिँदो राजनीतिक परिस्थिति र जनअपेक्षालाई ध्यानमा राख्दै अब वामपन्थी एकताको अभियानलाई औपचारिक रूपमा अगाडि बढाउनुपर्ने धारणा राखे। "आजकै दिनबाट वाम एकताको यात्रा सुरु गरौं," भन्दै उनले एकता कुनै विकल्प नभई आवश्यकता बनेको उल्लेख गरे।

    खनालले विचार, नीति र उद्देश्य मिल्ने शक्तिहरूबीच सहकार्य र एकतामार्फत मात्रै कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन सकिने विश्वास व्यक्त गरे।