९ जेठ २०८३ शनिबार | 23 May 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

‘गरी खान देऊ’ अभियानद्वारा पेट्रोल करविरुद्ध अनौठो प्रदर्शन गरिँदै



  • अञ्जना ढकाल
  • १६ घण्टा अघि
  • पाठक संख्या ३६
  • चितवन, जेठ ८ - पेट्रोलियम पदार्थमा अत्यधिक मूल्यवृद्धि र सरकारले लगाएका विभिन्न करविरुद्ध आइतबार चितवनमा अनौठो प्रदर्शन हुने भएको छ।

    जेनजी अभियन्ता मिराज ढुंगाना नेतृत्वको ‘गरी खान देऊ’ चितवन शाखाले मोटरसाइकल नचढी, आफ्ना सवारी साधन हातले तानेर चौबिसकोठीबाट लायन्स चोकसम्म र्याली गर्ने तयारी गरेको छ।

    अभियानको मुख्य उद्देश्य आर्थिक संकटको समयमा जनतामाथि थप करको भार नथोप्ने गरी सरकारले अनावश्यक कर हटाउन दबाब दिनु रहेको छ। ढुंगानाका अनुसार सरकारले पेट्रोलियममा भन्सार महसुल, प्रदूषण शुल्क, सडक मर्मत दस्तुर, पूर्वाधार विकास कर, मूल्य अभिवृद्धि कर र हरित कर गरी कुल ६ प्रकारका कर लगाउँदै आएको छ। हाल प्रतिलिटर पेट्रोलको मूल्य २१७ रुपैयाँ पुगेको छ, जसमा कर मात्र करिब ६५–७० रुपैयाँ रहेको छ।

    ‘यो र्‍यालीले सरकारको ध्यान आकषिर्त गर्ने छ, माग पेट्रोलमा छुट नभएर कर हटाउनेमा केन्द्रित छ,’ ढुंगानाले बताए। प्रदर्शन अपराह्न ४:३० बजे सुरु भएर लायन्स चोकसम्म पुग्ने छ।