९ जेठ २०८३ शनिबार | 23 May 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

संविधान संशोधनमा जनमत सङ्कलनको सार्वजनिक आह्वान



  • अञ्जना ढकाल
  • १२ घण्टा अघि
  • पाठक संख्या ४३
  • काठमाडौं, जेठ ८ - प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलले संविधान संशोधनका लागि आम नागरिकबाट राय सङ्कलन गर्ने निर्णय गरेको छ।

    कार्यदलले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै एक हप्ताभित्र सुझाव पेश गर्न सबै नेपाली नागरिकलाई आग्रह गरेको छ। यस अवसरमा नागरिकहरूले आफ्ना सुझावहरू इमेल वा ह्वाट्सएपमार्फत पठाउन सक्नेछन्।

    सुझाव पठाउनका लागि इमेल ठेगाना: [email protected][email protected], भने ह्वाट्सएप नम्बर: ९८५६०२९९४७ उपलब्ध गराइएको छ।

    कार्यदलले संविधान संशोधनको बहसपत्र तयार गर्ने क्रममा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्न लिखित सुझाव माग गरिएको जनाएको छ।