१३ जेठ २०८३ बुधबार | 27 May 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दुर्गा प्रसाईं रिहा: अनुसन्धान जारी रहने, थुनामा नराखिने



  • अञ्जना ढकाल
  • ११ घण्टा अघि
  • पाठक संख्या ३६
  • पर्सा, जेठ १२ - राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

    प्रसाईंलाई जेठ ४ गते वीरगन्जस्थित दियालो होटलबाट प्रहरीले पक्राउ गरेको थियो। उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको थियो। अदालतमा सोमबार दर्ता भएको मुद्दामा सजायको माग गरिएको थियो।

    अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले सुनुवाइपछि उनी थुनामा राख्नु नपर्ने निर्णय गर्दै, अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन साधारण तारेखमा रिहा गर्न आदेश दिएको अदालत स्रोतले जनाएको छ।

    अधिकारिहरूका अनुसार प्रसाईंले युट्युबमा महिलाहरू, सेना तथा प्रहरीलाई अपशब्द र अपमानजनक टिप्पणी गरेको आरोप छ। साथै, उनले केही राजनीतिक व्यक्तिहरू, जस्तै प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, पूर्वमन्त्री कुलमान घिसिङ र सांसद हर्क साम्पाङलाई एउटै ‘टिम’ चलाउने बताएका थिए। प्रसाईंले हिन्दुराष्ट्र र राजतन्त्र पुनर्स्थापना गर्नका लागि बालेन्द्र शाहको फोटो घरमा राख्ने कुरा पनि उल्लेख गरेका थिए।

    साथै, उनले सेना र प्रहरीका आईजीपी दानबहादुर कार्कीले सार्वजनिक गरेको गीतबारे पनि अश्लील टिप्पणी गरेको आरोप छ।