२६ असार २०८३ शुक्रबार | 10 Jul 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गृहमन्त्री गुरुङको प्रतिप्रश्न : गणेश नेपालीको बाइकमा ह्वील लक लगाउने को ?



  • अञ्जना ढकाल
  • २ घण्टा अघि
  • पाठक संख्या ३५
  • काठमाडौं, असार २६ - गृहमन्त्री सुधन गुरुङले आत्मदाहको घटनापछि मृत्यु भएका गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने विषयमा प्रश्न उठाएका छन् । उनले संसदमा बोल्दै स्थानीय सरकारको भूमिकामाथि पनि प्रश्न गरेका हुन् ।

    गृहमन्त्री गुरुङले गणेश नेपालीलाई बचाउन सरकारले सक्दो प्रयास गरेको दाबी गर्दै आफू स्वयं घटनास्थलमा खटिएको बताए । सरकारको प्रयासमाथि भइरहेको आलोचनाप्रति असन्तुष्टि जनाउँदै उनले वास्तविक जिम्मेवारीबारे पनि छलफल हुनुपर्ने बताए ।

    उनले तीन तहको सरकार रहेको उल्लेख गर्दै स्थानीय र प्रदेश सरकारको जिम्मेवारीबारे प्रश्न उठाए । ‘स्थानीय सरकार कसको छ ? गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक कसले लगाएको हो ?’ भन्दै उनले महानगर प्रहरीले मोटरसाइकलमा ह्वील लक लगाएको जानकारी गराए ।

    गृहमन्त्री गुरुङले गणेश नेपालीको उपचारका विषयमा संसदमा आवाज उठाउने सांसदहरूले घटनास्थल र अस्पतालमा पुगेर गरेको पहलको विषयमा पनि प्रश्न गरे । उनले संसदमा बोल्ने मात्र नभई जनताको समस्या समाधानका लागि व्यवहारिक रूपमा काम गर्नुपर्ने बताए ।

    उनको भनाइअनुसार जनताको सेवा भाषणबाट मात्र नभई सम्बन्धित ठाउँमा पुगेर र आवश्यक कदम चालेर गर्नुपर्ने हुन्छ ।