काठमाडौं - "समर्थनभन्दा माथि सेवा, फुटबलभन्दा माथि मानवता" भन्ने मूल नारासहित Supporters of Messi Fans Nepal ले पशुपति क्षेत्रमा सरसफाइ तथा भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ। सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै सञ्चालन हुन लागेको यो अभियान २०८३ असार २७ गते, शनिबार पशुपति क्षेत्रमा आयोजना हुनेछ।
फुटबलप्रतिको समर्थनलाई सामाजिक सेवासँग जोड्दै सकारात्मक सन्देश फैलाउने उद्देश्यका साथ सक्रिय रहेको Supporters of Messi Fans Nepal ले विगतदेखि नै विभिन्न सामाजिक तथा मानवीय कार्यहरू गर्दै आइरहेको छ केही दिनअघि मात्रै यस समूहले मानव सेवा आश्रम मा आश्रित बालबालिकालाई भोजन गराउनुका साथै खेलकुद सामग्री वितरण गरी आफ्नो सामाजिक उत्तरदायित्वलाई व्यवहारमै उतारेको थियो। यस्ता सेवामूलक गतिविधिलाई निरन्तरता दिँदै अब विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गर्न लागेको हो।आयोजकका अनुसार अभियानको उद्देश्य पशुपति क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउन सहयोग गर्नुका साथै युवामा सामाजिक सेवा, स्वयंसेवा र वातावरण संरक्षणप्रतिको जिम्मेवारीबोध अभिवृद्धि गर्नु हो।
कार्यक्रममा मेस्सी समर्थक, सामाजिक अभियन्ता तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजकले सबैलाई आफ्नो व्यस्त समयबाट केही समय समाजका लागि छुट्याएर अभियानमा सहभागी हुन आग्रह गर्दै "सेवा नै सबैभन्दा ठूलो समर्थन हो" भन्ने सन्देशलाई व्यवहारमा उतार्न आह्वान गरेको छ।
"स्वच्छ वातावरण, सभ्य समाज र सेवामुखी समर्थक" भन्ने नारासहित सञ्चालन हुने यस अभियानले फुटबलप्रतिको समर्थनलाई मानवता, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वसँग जोड्ने उदाहरणीय प्रयासका रूपमा लिइएको
प्रतिक्रिया दिनुहोस