१३ जेठ २०८३ बुधबार | 27 May 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सांसद खरेलले विपक्षीको विरोधलाई तमासा भनेपछि तनाव



  • अञ्जना ढकाल
  • ८ घण्टा अघि
  • पाठक संख्या ४९
  • काठमाडौँ, जेठ १२ - प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको निरन्तर विरोधका बीच रास्वपा सांसद जगदीश खरेलले विरोधलाई ‘तमासा’ भनेपछि माहौल तनावपूर्ण बनेको छ। उनका यस्तो अभिव्यक्तिपछि विपक्षी सांसदहरू आक्रोशित भएका थिए, जसका कारण सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गर्नुपरेको थियो।

    पर्यटन विधेयकको सैद्धान्तिक छलफलको क्रममा रोस्टममा पुगेका सांसद खरेलले सुरुमा विपक्षी सांसदहरूलाई आरोप लगाउन थालेका थिए। यस क्रममा कांग्रेस सांसद नरेन्द्रकुमार केरूङ र अन्य सांसदहरूले खरेलको शब्दप्रति विरोध जनाएका थिए। कांग्रेस प्रमुख सचेत वासना थापाले स्थिति नियन्त्रण गर्दै केही समय पछि सांसदहरूलाई पछाडि हटाएकी थिइन्।

    सांसद खरेलले आठवटा अध्यादेश सरकारले किन ल्याएको भन्ने विषयलाई लिएर प्रश्न उठाउँदै भने, “संसद्ले विगत वर्षदेखि आवश्यक ऐनहरू किन बनाउन सकेन भन्ने कुरा यस तमासाले देखाइरहेको छ।” उनले थपे, “संसदीय प्रक्रिया सँधै सकारात्मक मात्र हुँदैन, चुनौतीपूर्ण पक्ष पनि देखिन सक्छ।”

    उनले विपक्षी दलका सांसदहरूलाई जनताका कानुन निर्माणमा जिम्मेवार बन्न आग्रह गर्दै भने, “प्रधानमन्त्री उपस्थित हुनु वा नहुनु कानुन बनाउने प्रक्रियामा अवरोध पुर्‍याउन मिल्छ?”

    सांसद खरेलको तीब्र अभिव्यक्तिपछि विपक्षी सांसदहरूको विरोध झन् उग्र बनेको थियो, जसका कारण अन्ततः सभामुखले बैठक अल्पकालीन स्थगित गर्ने निर्णय लिनुपरेको हो।