१६ जेठ २०८३ शनिबार | 30 May 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मानवअधिकार आयोगको प्रतिवेदनमा रवि लामिछानेमाथि कारबाही सिफारिस



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ५८
  • काठमाडौँ, जेठ १३ - राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कारागारबाट अनधिकृत रूपमा बाहिर निस्किएको विषयमा गम्भीर प्रश्न उठाउँदै कारबाही सिफारिस गरेको छ। आयोगले यो कार्यलाई मानवअधिकार उल्लंघन र फौजदारी अपराध दुवै ठहर गरेको छ।

    प्रतिवेदन अनुसार, जेलर सत्यराज जोशी र सांसदहरू मनिष झा तथा हरि ढकालले लामिछानेलाई जेलबाट छुटाउन सहयोग गरेको पाइएपछि उनीहरूमाथि पनि सूक्ष्म अनुसन्धान गरी कानुनी कारबाही गर्न सिफारिस गरिएको छ।

    मानवअधिकार आयोगको प्रतिवेदन पृष्ठ २८ र २९ मा लामिछानेसँग सम्बन्धित विवरण समेटिएको छ। आयोगले सेनाको कमजोरी उल्लेख गरे पनि प्रत्यक्ष कारबाही सिफारिस भने केवल जिम्मेवार कर्मचारीमाथि गरेको छ।