२२ जेठ २०८३ शुक्रबार | 05 Jun 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

त्रिभुवन विमानस्थलमा ‘पिक एण्ड ड्रप’का लागि १५ मिनेटसम्म निःशुल्क सुविधा



  • अञ्जना ढकाल
  • ६ घण्टा अघि
  • पाठक संख्या ३८
  • काठमाडौं, जेठ २२ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु ल्याउन वा लिन आउने सवारीसाधनलाई अब १५ मिनेटसम्म पार्किङ शुल्क तिर्नु नपर्ने भएको छ।

    विमानस्थल प्रशासनले यात्रु तथा सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै ‘पिक एण्ड ड्रप’ सेवाको निःशुल्क समयावधि बढाएको जनाएको हो।

    यसअघि सात मिनेटसम्म मात्र शुल्क नलाग्ने व्यवस्था रहेकोमा समय अपुग भएको गुनासो बढेपछि परीक्षणका रूपमा एक महिनासम्मका लागि उक्त अवधि १५ मिनेट पुर्‍याइएको विमानस्थल कार्यालयले जनाएको छ।

    विमानस्थलका प्रवक्ता सञ्जय कुमारका अनुसार यात्रु चढाउने वा ओराल्ने क्रममा हुने भीड र व्यावहारिक कठिनाइलाई मध्यनजर गर्दै नयाँ व्यवस्था लागू गरिएको हो। उनले तोकिएको समयभित्र ‘पिक एण्ड ड्रप’ गर्ने सवारीसाधनबाट कुनै शुल्क नलिइने र नियमविपरीत शुल्क असुल्ने व्यक्तिमाथि कारबाही गरिने चेतावनी समेत दिए।

    यो व्यवस्थाले यात्रुका आफन्त तथा सवारी चालकलाई थप सहजता मिल्ने अपेक्षा गरिएको छ।