काठमाडौं, असार ४ - महावीर पुन ले देशप्रतिको गहिरो प्रेमका कारण आफू मन्त्री बनेको र आफूलाई “व्यवहारिक जोगी” जस्तो महसुस हुने बताएका छन्।
बिहीबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले आफ्नो राजनीतिक यात्रा व्यक्तिगत इच्छाभन्दा पनि देशप्रतिको भावनाले अघि बढेको बताएका हुन्।
उनका अनुसार सुरुमा गाउँसँग जोडिएको सम्बन्ध विस्तार हुँदै जिल्ला हुँदै अन्ततः देशसँग नै गहिरो “पिरती” बसेको अनुभव भएको छ। यही यात्राले आफूलाई सांसद हुँदै मन्त्री बनाएको उनको भनाइ छ।
“सुरुमा एकैचोटि देशसँग पिरती बसेको होइन, गाउँबाट सुरु भएर विस्तारै देशसँग जोडियो,” उनले संसदमा भने।
उनले पुरानो गीत “म त यस्तो होइन दाइ, पिरतीले जोगी बनायो” को स्मरण गर्दै त्यसको भावसँग आफ्नो अवस्था मेल खाने पनि बताए।
मन्त्री पुनका अनुसार मन्त्री बनेपछि जिम्मेवारी बढे पनि आफूभित्रको साधारणपन र सेवाभाव कायमै रहेको छ, जसले उनलाई “जोगी” जस्तै अनुभूति गराइरहेको छ।
प्रतिक्रिया दिनुहोस