१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जब पोखराको सडकमा बस ठडियो...



  • सिमोन भट्टराई
  • २ बर्ष अघि
  • पाठक संख्या ६४८
  • पोखरा - कविशिरोमणि लेखनाथ पौडेलको जन्मस्थल अर्घौं अर्चले पोखरामा शनिबार बिहान १० बजे एउटा बस सडकको बीचोबीच ठडियो। चालक टीकाराम विक बस रिजर्भ गरेका यात्रुलाई पुर्‍याएर फर्किंदै थिए। 

    बसमा उनीसँग सहचालक शालिकराम सुवेदी पनि थिए। ब्रेक फेल भएपछि बस पल्टिएन बरु ठिंग्रिंग ठडियो। ग१ख ८६८० नम्बरको उक्त बसका चालक विक र सहचालक सुवेदी घाइते भए उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिएका छन्।