१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

धनगढी उपमहानगरलाई विश्व प्रकृति संरक्षण कोषले अवार्ड दिने



  • सिमोन भट्टराई
  • २ बर्ष अघि
  • पाठक संख्या ४८०
  • धनगढी – धनगढी उपमहानगरपालिकालाई प्रकृति संरक्षण अवार्ड प्रदान गरिने भएको छ।

    उपमहानगरलाई विश्व प्रकृति कोष (डब्लूडब्लूएफ नेपाल) ले संरक्षण अवार्ड प्रदान गर्ने भएको छ।

    डब्लूडब्लूएफ नेपालले आफ्नो ३१औं स्थापना दिवसको अवसरमा धनगढी उपमहानगरपालिकालाई अवार्ड प्रदान गर्ने जनाएको छ।

    १९ मेको दिन आयोजना गरिने कार्यक्रममा उपमहानगरपालिकालाई नगदसहित अवार्ड प्रदान गरिने विश्व प्रकृति संरक्षण कोष नेपालले जनाएको छ।