ताप्लेजुङ - सिदिङ्वा गाउँपालिका र पाथीभरा याङवरक गाउँपालिका फुङ्लिङमा जारी अन्तर पालिका स्तरीय चौंथो मेयर कप भलिबल प्रतियोगिताको फाईनलमा पुगेकाछन् ।
आईतबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा सिरिजङ्घा गाउँपालिका बिरुद्ध जित निकाल्दै सिदिङ्वा फाईनल प्रवेश गरेको हो ।
चौंथो सेटको खेलमा रेफ्रिीको निर्णय प्रति असहमति जनाउदै सिरिजङ्घाका खेलाडीहरुले खेल बहिस्कार गरेका थिए । त्यसअघि २ सेट सिदङ्वाले जितेको थियो भने एक सिट सिरिजङ्घाले जितेको थियो ।
त्यस्पछि स्वत: विजयी बन्दै सिदिङ्वाले उपाधि होडमा आफुलाई उभ्याएको हो ।
तयस्तै, दोस्रो सेमिफाईनल खेलमा मिक्वाखोला गाउँपालिकालाई सोझो सेटमा हराउदै पाथीभरा याङ्वरकले उपाधी भिडन्तमा सिदिङ्वा बिरुद्धको भट पक्का गरेको हो ।
प्रतियोगिताको फाईनल खेल सोमबार विहान १० वजे हुने वताईएको छ ।
जिल्लाका कुल ७ वटा गाउँपालिकाले सहभागिता जनाएको प्रतियोगिताको विजेता र उपविजेताले कप मेडल र प्रमाणपत्रसहित क्रमस: २ लाख ७५ हजार एकसय र १ लाख ४० हजार एकसय प्राप्त गर्नेछन् ।
सेमिफाईनलका दुई टिमले ४५ हजार एकसय रुपैंया प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस