२८ साउन २०८३ बिहिबार | 13 Aug 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पत्रकार किशोर श्रेष्ठ पक्राउपछि हतकडीसहित अदालतमा उपस्थित



  • अञ्जना ढकाल
  • ६ घण्टा अघि
  • पाठक संख्या ३२
  • काठमाडौं, साउन २८ - बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हतकडीसहित काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ। उनलाई अदालत लैजानुअघि जिल्ला सरकारी वकिलको कार्यालयमा समेत लगिएको थियो।

    जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक श्रेष्ठलाई व्यक्तिगत गोपनीयता उल्लंघनसम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    पक्राउ परेपछि प्रहरीले अनुसन्धानका लागि आवश्यक प्रक्रिया अघि बढाउँदै श्रेष्ठलाई अदालतमा उपस्थित गराएको हो। अब अदालतको आदेशअनुसार उनको विषयमा थप कानुनी प्रक्रिया अघि बढ्नेछ।