काठमाडौँ - क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्विकार गरेको छ । अमेरिकाले भिसा नदिएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी–२० विश्वकपको लागि अमेरिकी दुतावासले आफूलाई भिसा दिन अस्विकार गरेको उल्लेख गरेका छन् । यसअघि २०१९ मा पनि अमेरिकी दुतावासले भिसा प्रक्रियामा दुख दिएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस