२० असोज २०८२ सोमबार | 06 Oct 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्री कार्की र मेयर बालेनबीच भेट, जेनजी आन्दोलनका मागबारे छलफल



  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या ७८
  • काठमाडौं, असोज ८ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बुधबार बिहान प्रधानमन्त्री सुशीला कार्कीसँग भेटघाटका लागि बालुवाटार पुगे। बिहान ९ बजे सुरु भएको भेट करिब ३० मिनेटसम्म चलेको स्रोतले जनाएको छ।

    भेटमा मेयर शाहले हाल भइरहेको आन्दोलनका मागहरूलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए। उनका अनुसार छलफल औपचारिकभन्दा बढी अनौपचारिक प्रकृतिको भए पनि आन्दोलनले उठाएका मुद्दामा केन्द्रित भएको थियो।

    प्रधानमन्त्री कार्कीले पनि जेनजी आन्दोलनका मागप्रति सरकार गम्भीर रहेको र आफू प्रतिवद्ध रहेको स्पष्ट पारिन्। उनले निर्वाचन र सुशासनलाई सरकारको प्राथमिकता भएको बताए।

    भेटमा प्रधानमन्त्री कार्कीका श्रीमान् दुर्गा सुवेदीसहित सचिवालयका सदस्यहरू उपस्थित थिए भने मेयर शाहतर्फबाट सहयोगी कुमार बेन सहभागी थिए।