काठमाडौँ - नव प्रतिभा करण परियार नेपाल आइडल सिजन-५ को विजेता बन्न सफल भएका छन् ।
शनिबार सम्पन्न ग्रान्ड फिनालेमा बर्दियाका परियारले पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन् ।
उनले ट्रफी सहित २५ लाख रुपैयाँ हात पारे ।
फर्स्ट रनरअप गुरुङ र सेकेन्ड रनरअप विश्वकर्मा भए भने गुरुङले १० लाख नगद र ट्रफी पाए भने विश्वकर्माले ५ लाख नगदसहित ट्रफी हात पारेको नतिजा घोषणाका क्रममा जानकारी दिइयो।
प्रतिक्रिया दिनुहोस