ताप्लेजुङ - अविरल वर्षासँगै राते खोलामा आएको बाढीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा ट्रस पुल बगाएको छ । जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका डीएसपी रवि रावलका अनुसार शनिबार बेलुका उक्त पुल बगाएको हो ।
पुल बाढीले बगाएपछि कञ्चनजंघा आधार शिविर घुन्सा आवतजावतमा समस्या भएको छ । फक्ताङलुङ गाउँपालिकाले पुल निर्माण र आवतजावतका लागि समन्वय गर्ने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । जिल्लामा बहने नदीहरूमा पानीको सतह बढे पनि अन्य स्थानमा क्षति नभएको रावलले जानकारी दिए ।
ताप्लेजुङमा अहिलेसम्म बाढी र पहिरोका कारण २६ घरमा पूर्ण क्षति पुगेको छ । ४५ घर उच्च जोखिममा रहेका र ८१ घर जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । तााप्लेजुङमा अहिलेसम्म बाढी-पहिरोमा पाँच जनाको ज्यान गइसकेको छ ।
अहिलेसम्म अस्थायी र पक्की गरी तीनवटा पुलमा क्षति पुगेको छ
प्रतिक्रिया दिनुहोस