२८ साउन २०८३ बिहिबार | 13 Aug 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ताप्लेजुङको सिरिजङ्गामा खाजा खाईरहेका बेला घर भत्किँदा ६ घाईते



  • सिमोन भट्टराई
  • २ बर्ष अघि
  • पाठक संख्या ३५६
  • ताप्लेजुङ - ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नम्बर २ आम्बेगुदिन बरुन्दिन टोलमा खाजा खाईरहेको अवस्थामा घर भत्किँदा ६ जना घाईते भएका छन् । बारुन्दिन टोलको हप्पुखोला बस्तीमा मंगलबार साँझ घर भत्किदा खाजा खाई रहेका ६ जना घाईते भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डीएसपी) रवि रावलका अनुसार घाईते हुनेहरुमा सिरीजङ्गा गापा–०२ आम्बेगुदिनका बर्ष ४३ का खड्ग बहादुर बाँनिया, बानियाँकी श्रीमति बर्ष ३८ की जानुका बानियाँ, ३० वर्षीया सुविना बानियाँ, वर्ष २८ का खेमराज अधिकारी, वर्ष ५३ की तिलमाया बि.क. र प्रकाश वि.क.को छोरा वर्ष १० को रोहित वि.क रहेका छन् ।
    खड्ग बहादुर र जानुकाको शरिरका विभिन्न भागमा चोट लागेको र अवस्था सामान्य रहेको छ भने सुविनाको पनि शरिरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भिर रहेको छ ।

    त्यस्तै खेमराजको दाहिने खुट्टा भाँचिएको र अवस्था गम्भिर रहेकोले थप उपचारका लागि झापा रेफर गरिएको डीएसपी रावलले जानकारी दिनुभयो । तिलमाया र प्रकाश वि.कको छोरा रोहितको हात र खुट्टामा चोट लागेको छ । घाईते पाँच जनाको जिल्ला अस्पताल पाँचथरमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।

    स्थानीय सुमन लिम्बूले बन्धकीमा लिएको प्रेमबहादुर राई (हाल बेलायतमा बसोबास गर्ने) को ढुङ्गा, माटो, टिन र खरले बनेको दुईतल्ले घरमा खेतालालाई खाजा खुवाउने क्रममा भत्किएको हो । घर भत्किए पछि घर भित्र खाजा खाई रहेका मानिसहरु घरले थिचिएका थिए। अस्थाई प्रहरी चौकी खाम्दिम्बेका प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा घरभित्र पुरिएका मानिसको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको हो ।