नेपाल - नेपालले एसिसी महिला एसिया कपमा ऐतिहासिक जित निकालेको छ। एसिया कपकाे उद्घाटन खेलमा शुक्रबार युएईलाई ६ विकेटले पराजित गर्दै नेपालले इतिहास रचेकाे हाे।नेपाल यसअघि दुई पटक एसिया कप खेले पनि जित भने निकाल्न सकेकाे थिएन्। याे एसिसी महिला एसिया कपमा नेपालकाे पहिलो जित हो।
नेपालका लागि सिता रानामगरले ७, कविता कुँवरले २ तथा इन्दु वर्माले ६ रन जोडिन्। रुविना क्षेत्री १० रन जोडेर पेभेलियन फर्किइन्। बलिङमा युएईकी कविशाले ३ विकेट र लावण्या केनीले एक विकेट लिइन्।
यसअघि नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रेकाे यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो। यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ र कभिसा गोडागले २२ रनको योगदान दिए।नेपालका लागि कप्तान इन्दु बर्माले ३ तथा कृतिका मरासिनी र सबनम राईले एक-एक विकेट लिए।
समूह ‘ए’ मा रहेको नेपालले पाकिस्तानविरुद्ध जुलाई २१ मा र भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ। समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन्। प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।
प्रतिक्रिया दिनुहोस