२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पत्रकारमाथि आक्रमण गर्ने वकिलविरुद्ध कारबाहीको माग गर्दै सञ्चारकर्मी धर्नामा



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १९३
  • जनकपुरधाम, भदौ १ — जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणविरुद्ध सञ्चारकर्मीहरू जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्नामा बसेका छन्। उनीहरूले घटना जिम्मेवार वकिलहरूविरुद्ध तत्काल कारबाही गर्न प्रशासनसमक्ष माग राखेका छन्।

    गत साउन २७ गते, गुठी संस्थानबाट २० वर्षका लागि लिजमा लिएको जग्गामा तारबार गर्ने क्रममा नेपाल बार एसोसिएसन जनकपुरधामका पदाधिकारीसहित वकिलहरूको समूहले पत्रकारमाथि आक्रमण गरेको थियो। यस आक्रमणमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बनजारा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, दिवाकर राय, अनिल निराला लगायत घाइते भएका थिए।

    घटनापछि साउन २८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा ६ जना वकिलविरुद्ध किटानी जाहेरी दर्ता गरिए पनि अहिलेसम्म कुनै कारबाही नभएको भन्दै पत्रकार महासंघ धनुषाले धर्ना आयोजना गरेको हो।