८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भारतको केरला वायनाडमा पहिरोमा परि ४१ जनाको मृत्यु, ५२ घर ध्वस्त,४०० जना बेपत्ता



  • एजेन्सीको सहयोगमा
  • ५ महिना अघि
  • पाठक संख्या २०२
  • एजेन्सी केरला - भारतको केरलाको वायनाडमा भारी वर्षाका कारण सोमबार राति ४ वटा ठाउँमा पहिरो खसेको छ ।

    यसबाट ४ वटा गाउँ डुबानमा परेका छन् भने घर, पुल, सडक र सवारीसाधन पनि बगेका छन्  अहिलेसम्म ४१ जनाको मृत्यु भइसकेको छ । ७० अस्पतालमा उपचाररत छन् भने ४०० भन्दा बढी बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    घटना गएराति २ बजेको हो उद्धारका लागि एसडीआरएफ र एनडीआरएफका टोली घटनास्थलमा छन्  कन्नूरबाट २२५ सेनाका जवानहरूलाई वायनाड पठाइएको छ जस्मा मेडिकल टिम पनि सामेल छन  यसका साथै वायुसेनाका दुई हेलिकप्टर पनि उद्धार कार्यमा जुटेका छन् । 
    वायनाडका ४ वटा गाउँ मुन्डक्काई, चुरलमाला, अट्टामाला र नूलपुझामा पहिरो गएको छ । पाँच वर्षअघि २०१९ मा सोही गाउँमा पहिरोमा परेर १७ जनाको ज्यान गएको थियो । ५ जना अहिलेसम्म फेला परेका छैनन् । ५२ घर ध्वस्त भएका थिए ।