२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

फोहोरबाट मल उत्पादन

मध्यविन्दु नगरपालिकाले फोहोर व्यवस्थापनलाई चुनौतीसँगै अवसरका रूपमा लिँदै जैविक मल उत्पादनको सुरुवात गरेको छ।



Mal utpadan
  • क्वालिटी खबर
  • १० महिना अघि
  • पाठक संख्या १९०
  • नवलपरासीको मध्यविन्दु नगरपालिकाले फोहोर व्यवस्थापनलाई चुनौतीसँगै अवसरका रूपमा लिँदै जैविक मल उत्पादनको सुरुवात गरेको छ। नगरपालिकाले हरेक घरबाट सङ्कलन गरिएको फोहोरलाई कुहिने र नकुहिने फोहोरमा वर्गिकरण गरी व्यवस्थापन गर्ने रणनीति ल्यायको छ। कुहिने फोहोरबाट जैविक मल उत्पादन गरिँदैछ भने नकुहिने फोहोरबाट पुन: प्रयोगमा आउने सामग्रीलाई बिक्री गरी आय आर्जनको योजना अघि बढाइएको छ।

    नगरप्रमुख भीमलाल अधिकारीले बताएअनुसार नगरपालिकाले फोहोरलाई केवल समस्याका रूपमा नहेरी त्यसलाई उत्पादन र आम्दानीसँग जोड्ने प्रयास गरिरहेको छ। जैविक मल उत्पादनमा स्थानीय वनका स्रोतहरू, जस्तै हरियो घाँस र सुकेका पातको प्रयोग भइरहेको छ, जसले स्थानीय समुदायको आयश्रोतमा समेत टेवा पुर्याएको छ। 

    भविष्यमा हुन सक्ने सम्भावित फोहोर व्यवस्थापनका समस्याहरूलाई कम गर्न यो योजना प्रभावकारी हुने विश्वास छ। नगरपालिकाले उत्पादन गरेको जैविक मल नगरभित्रका किसानलाई सहुलियत दरमा उपलब्ध गराउने योजना बनाएको छ, जसले रासायनिक मलको प्रयोगमा कमी ल्याउने र जैविक खेतीलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। 

    अहिलेसम्म फोहोर व्यवस्थापन केन्द्र स्थापनामा ४ करोड ३७ लाखभन्दा बढी खर्च भएको छ, जसमा गण्डकी प्रदेश सरकारले पनि साझेदारी गरेको छ।