२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अर्घाखाँचीमा बाँदर र बँदेल नियन्त्रण गर्न २० हेरालु नियुक्त

बाँदर र बँदेलबाट हुने क्षति नियन्त्रण गर्न कार्यालयले २० जना हेरालु नियुक्त गरेको हो।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या २४०
  • अर्घाखाँची, साउन ५ – अर्घाखाँचीमा किसानको बाली जोगाउन र वन्यजन्तुसँगको द्वन्द्व न्यूनीकरण गर्न डिभिजन वन कार्यालयले विशेष कदम चालेको छ। बाँदर र बँदेलबाट हुने क्षति नियन्त्रण गर्न कार्यालयले २० जना हेरालु नियुक्त गरेको हो।

    डिभिजन वन कार्यालयले आज एक सूचना प्रकाशित गर्दै छनोटमा परेका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ र उनीहरूलाई सम्झौताका लागि उपस्थित हुन आग्रह गरेको छ।

    यो कार्यक्रम मानव–वन्यजन्तु सहअस्तित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ल्याइएको हो। कार्यालयले सामुदायिक वन समूहहरूसँगको सहकार्यमा आवेदन संकलन गरी हेरालु छनोट प्रक्रिया सम्पन्न गरेको जनाएको छ।

    समूह कोषमा राम्रो आर्थिक अवस्था भएका तथा वन व्यवस्थापनमा सक्रिय रहेका सामुदायिक वन समूहहरूसँग समन्वय गरेर कार्यान्वयन प्रक्रिया अघि बढाइएको वन कार्यालयले जनाएको छ।

    किसानहरू वर्षेनी बाँदर र बँदेलका कारण बालीमा ठूलो नोक्सानी खेप्न बाध्य हुँदै आएका छन्। यसपटकको पहलले केही राहत मिल्ने अपेक्षा गरिएको छ।