१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अमेरिकामा हेलेन आँधीले अहिलेसम्म १८० जनाको मृत्यु

अमेरिकामा हेलेन आँधीले अहिलेसम्म १८० जनाको ज्यान लिइसकेको छ। 



Typhoon
  • एजेन्सीको सहयोगमा
  • २ बर्ष अघि
  • पाठक संख्या २१५
  • अमेरिकामा हेलेन आँधीले अहिलेसम्म १८० जनाको ज्यान लिइसकेको छ। यस आँधीले मुख्य रूपमा दक्षिण–पूर्वी राज्यहरू प्रभावित भएका छन्।

    राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले प्रभावित क्षेत्रहरूको भ्रमण गरेका छन्। बाइडेनले हेलिकप्टरबाट नर्थ र साउथ क्यारोलिनामा क्षतिको अवलोकन गरे भने ह्यारिसले जर्जियामा प्रभावित क्षेत्रको भ्रमण गरिन्। 

    सयौँ मानिस अझै बेपत्ता छन्, र खोज तथा उद्धार टोलीहरूलाई दुर्गम क्षेत्रमा पुग्न कठिनाइ भइरहेको छ। बाइडेनले राहत कार्यमा मद्दत गर्न ६ हजार नेशनल गार्ड सदस्य र ४ हजार ८ सय संघीय सहायताकर्मीहरूलाई साथमा १ हजार सक्रिय सेना पनि पठाएका थिए। 

    गत हप्ता रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले पनि जर्जियामा क्षतिको अवलोकन गरेका थिए। अझै धेरै दुर्गम क्षेत्रमा बस्ने मानिसहरूसँग सम्पर्क स्थापित गर्न कठिन भइरहेको छ।