१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सुपरस्टार रजनीकान्तलाई अस्पतालबाट डिस्चार्ज गरियो

दक्षिण भारतीय सुपरस्टार रजनीकान्त हालै अस्पतालबाट डिस्चार्ज भएका छन्।



Rajanikant
  • एजेन्सीको सहयोगमा
  • २ बर्ष अघि
  • पाठक संख्या २३७
  • दक्षिण भारतीय सुपरस्टार रजनीकान्त हालै अस्पतालबाट डिस्चार्ज भएका छन्। उनलाई पेट दुखेपछि ३० सेप्टेम्बरमा चेन्नईको एक अस्पतालमा भर्ना गरिएको थियो। उनको मुटुमा सानो समस्या देखेका कारण उनलाई उपचारका लागि अस्पतालमा राखिएको थियो। 

    अस्पतालमा आवश्यक उपचारपछि, ३ अक्टोबरमा रजनीकान्तलाई डिस्चार्ज गरिएको छ। डाक्टरहरूले उनलाई केही समय आराम गर्न सल्लाह दिएका छन्। 

    अभिनेता रजनीकान्त हाल आफ्नो आगामी फिल्म 'थलाइवा १७०' को तयारीमा जुटिरहेका छन्, जहाँ उनी ३३ वर्षपछि अमिताभ बच्चनसँग एकसाथ देखिनेछन्। 

    उनको स्वास्थ्यमा सुधार आएपछि अब उनी फेरि आफ्नो फिल्मको काममा फर्किने अपेक्षा गरिएको छ।