८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

चितवनमा रवि लामिछानेको बिरोध, के छ कारण ?

सहकारी पीडितहरूले गोर्खा मिडिया प्रा.लि.मा रकम लगानी भएको र रवि लामिछानेले यसको १५% जिम्मेवारी लिनुपर्ने माग गरेका छन्।



Birodh Pradarsan
  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या १३३
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी पीडितहरूले गरेको विरोध हाल चर्चामा छ। लामिछानेले चितवनमा सार्वजनिक सुनुवाइ कार्यक्रम राखेका बेला सहकारी पीडितहरूले नारावाजी गर्दै विरोध प्रदर्शन गरेका थिए। शुक्रबार मुग्लिनमा सहकारी पीडितहरूले नाराबाजी गरे भने शनिबार नारायणी कला मन्दिरमा प्रदर्शन गर्न खोज्दा प्रहरी र पीडितबीच झडप भयो, जसमा केही घाइते पनि भए। 

    सहकारी पीडितहरूले गोर्खा मिडिया प्रा.लि.मा रकम लगानी भएको र रवि लामिछानेले यसको १५% जिम्मेवारी लिनुपर्ने माग गरेका छन्। उनीहरूले लामिछानेले पीडितहरूको समस्या समाधान गर्न चासो नदिएको आरोप लगाएका छन्। 

    चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछानेप्रति मतदाताहरूको निराशा बढ्दै गएको छ। निर्वाचन जितेको दुई वर्ष बितिसक्दा पनि उनले आफ्नो निर्वाचन क्षेत्रमा ठोस विकास योजना अघि नबढाएको गुनासो मतदाताहरूले गर्न थालेका छन्। साथै, लामिछानेसँग प्रत्यक्ष रूपमा भेट्न कठिनाइ भइरहेको र उनको पहुँच सीमित रहेको आरोप पनि मतदाताहरूले लगाएका छन्। 

    एमाले चितवनका अध्यक्ष कमलराज पाठकले लामिछानेविरुद्धको विरोध अझै चर्किने चेतावनी दिएका छन्। पाठकले सहकारी पीडितहरूको पक्षमा लामिछानेले चासो नदिएपछि आगामी दिनमा अझै कडा प्रतिकारको सामना गर्नुपर्ने बताएका छन्। लामिछानेको चितवनमा प्रभावलाई कमजोर पार्ने यी गतिविधिहरूले उनको राजनीतिक भविष्यलाई चुनौती थपेको देखिन्छ।