१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दशैँ मनाउनका लागि दैनिक १ लाख भन्दा बढी यात्रुहरू उपत्यकाबाट बाहिरिदै

दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट आफ्नो गृह जिल्ला फर्किने यात्रुहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको छ।



Bhid
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २४२
  • दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट आफ्नो गृह जिल्ला फर्किने यात्रुहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको छ। हालसम्म लाखौँ मानिसहरूले काठमाडौँ छोडेका छन्, भने दैनिक १ लाख यात्रुहरू उपत्यकाबाहिर जाँदैछन्। गोङ्गबु बसपार्क, कलंकी जस्ता मुख्य स्थानहरूमा यात्रुको अत्यधिक भीड देखिएको छ।

    दशैँको मुख्य दिनहरु नजिकिँदै गर्दा यात्रुको संख्या अझै बढ्ने अनुमान गरिएको छ। सार्वजनिक यातायात व्यवसायीहरूले यात्रुको चाप व्यवस्थापन गर्न थप बसहरू सञ्चालनमा ल्याएका छन् भने ट्राफिक प्रहरी यात्रु र सवारीसाधनहरूको व्यवस्थापनमा सक्रिय छन्। यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै सुरक्षा मापदण्डलाई पनि कडाइका साथ पालन गर्ने प्रयास भइरहेको छ ।