१३ बैशाख २०८३ आईतबार | 26 Apr 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कुवेतमा दुई नेपाली चेलिबेटीकाे हृदयघातबाट निधन



  • सिमोन भट्टराई
  • २ बर्ष अघि
  • पाठक संख्या ४१२
  • कुवेत -  खैतानमा नवलपुरकी पूर्णिमाया थापा मगर (राहदानी नम्बर ०७१८३०४६) सन् २०१४ देखि यहाँ घरेलु कामदारको रूपमा कार्यरत थिईन्, तर बिरामी भएर अस्पाताल जाने क्रममा ट्याक्सीमै दुःखद निधन भयो। उनी २०१७ देखि अवधैनिक रुपमा कार्यरत रहेको बुझिएको छ। उनकाे अक्टोबर ११ तारिखमा हृदयाघातका कारण निधन भएको थियो।

    समाजसेवी घनश्याम थापा मगरले  बताए अनुसार उनको परिवार आफूसँग सम्पर्कमा रहेको र पूर्णिमाया बिरामी भएर ट्याक्सीमा अस्पाताल जाने क्रममा ट्याक्सीमै बाटोमा निधन भएको बुझिएको छ।

    त्यसरी अस्पाताल लैजाँदै गर्दा सोही ट्याक्सी चालकलाई कुवेत प्रहरीले नियन्त्रण लिई ३ दिन हिरासतमा राखेर तारिकमा छोडेको मृतकको परिवारिक श्रोतले जानकारी दिएको छ। 

    उनको शव नेपाल पठाउन राहदानी चाहिने भएकोले रोजगारदाताको विवरण खोजि कार्य भईरहेको कुवेतस्थित नेपाली राजदुतावासका प्रथम सचीव सुजन बिडारीले बताए।

    उनको शव अहिले कुबेत जाबरिया अस्पातालमा रहेकोे राजदुतावास स्रोतले बताएको छ। उनको शव नेपाल पठाउन ३ सय ८५ कुवेती दिनार लाग्ने बुझिएको छ। 

    त्यस्तै अर्की एक महिला तुलसा ओली (राहदानी नम्बर ०७८६८५८६)को पनि फर्वानियामा अक्टोबर १० मा हृदयाघातकै कारण निधन भएको छ। उनको नेपालको ठेगाना भने खुलिसकेको छैन्। उनको शव फर्वानियामा अस्पातलमा रहेको बुझिएको छ। 

    यो हप्तामै कुबेतमा दुईजना नेपाली चेलीबेटीकाे निधन भएको छ भने, दुबैजना नैं अवैधानिक रुपमा कार्यरत (इलिगल) रहेका थिए।