२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दूतावासको काम श्रमिकको समस्याको समाधान गर्ने कि फिल्म प्रचारप्रसार गर्ने ?



  • सिमोन भट्टराई
  • १२ महिना अघि
  • पाठक संख्या २१७
  • साउदी - नेपाली दुताबास साउदी अरबले आफ्नो आधिकारिक पेजबाट फिल्मको प्रचारप्रसार गरेर  विवादित भएको देखिन्छ। साउदी अरबमा   साउदी अरबमा रहेको नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको सेवा दिने हेतुले खाेलेकाे  नेपाली दुतवास साउदी अरब यतिबेला नेपाली  फिल्मकाे बिज्ञापन गरेर  विवादित भएको देखिन्छ। दूतावासकै आधिकारिक फेसबुक पेजमा फिल्मको प्रचारप्रसार गरेपछि नेगेटिभ कमेन्ट ९८%  देखिन्छ। 

    साउदी अरब नेपाली दूतावासले आफ्नो फेसबुकको आधिकारिक पेजबाट. अक्टोबर १७ बाट साउदी अरबको विभिन्न शहरमा  नेपाली चलचित्र छक्का पञ्जा एकैसाथ प्रदर्शन हुने छ  भनेर विज्ञापन छ।

    नेपाली दूतावास साउदी अरबले फिल्म प्रचारप्रसार गरेर के राम्रै काम गरेको हो त भनेर जनमानसमा एउटा प्रश्न चिन्ह खडा भइरहेको छ।

    कतिपयले त कमेन्टमा यस्तो भनेका छन् नेपालीको समस्याको समाधान गर्न नसक्ने तर आफ्नो दूतावासको आधिकारिक पेजबाट फिल्म हेर्न आउ भनेर साउदी अरबमा रहेको नेपालीलाई  सूचना दिने  साउदी स्थित नेपाली दूतावासको काम कारबाही माथि नै पब्लिकको एउटा प्रश्न चिन्ह खडा भएको छ।
    श्रमिकको समस्याकाे  आवाज उठाउने एउटा नेपाली दूतावासले व्यवसायिक रुपमा चलेको फिल्मको प्रचारप्रसार गर्नु नै एउटा दुर्भाग्य भन्ने साउदी अरबमा कार्यरत अधिकांश नेपालीहरूको एउटै प्रतिक्रिया रहेको छ।