२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जबरजस्ती यौन व्यवसायमा लगाएको आरोपमा निमा गेष्टहाउसका सञ्चालक पक्राउ

निमा गेष्टहाउसका सञ्चालक सुजन तामाङलाई बालिकालाई जबरजस्ती यौन व्यवसायमा लगाएको आरोपमा पक्राउ गरिएको छ।



Pakrau
  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या १५३
  • काठमाडौंको नयाँ बसपार्कस्थित निमा गेष्टहाउसका सञ्चालक सुजन तामाङलाई बालिकालाई जबरजस्ती यौन व्यवसायमा लगाएको आरोपमा पक्राउ गरिएको छ।

    तामाङले सरसफाइको काम दिने बहानामा  बालिकालाई गेष्टहाउसमा राखी यौन व्यवसायमा जबरजस्ती संलग्न गराएको खुलेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार तामाङले पीडित बालिकालाई एक महिनासम्म गेष्टहाउसबाट बाहिर जानसमेत दिएनन् र बिरामी हुँदा पनि शारीरिक सम्पर्कमा बाध्य पारेका थिए।

    तामाङले ग्राहकसँग दुईदेखि तीन हजार रुपैयाँ प्रतिघण्टा र रातभरका लागि छ हजार रुपैयाँ लिने गरेको खुलेको छ। बालिकाले पारिश्रमिक माग्दा तामाङले गाली गलौज र कुटपिटसमेत गरेको प्रहरीले जनाएको छ।

    तामाङमाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको हिरासत अनुमति लिइसकेको छ।