राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। उनलाई सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो।
लामिछानेले सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर गोर्खा मिडिया नेटवर्कमा अवैध रूपमा रकम ल्याएर अपचलन गरेको आरोपमा कास्की जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ।
सूर्यदर्शनको रकम अपचलनको विषयमा पूर्व डीआईजी छविलाल जोशीलाई असोज ६ मा पक्राउ गरिएको थियो, जसमा रवि लामिछाने पनि संलग्न भएको देखिएको छ। गोर्खा मिडिया नेटवर्कका तीन प्रमुख साझेदारहरू लामिछाने, जोशी, र राईले पाँच वटा सहकारीहरूबाट ६५ करोड ५४ लाख अवैध रकम ल्याएको संसदीय छानबिन समितिको निष्कर्ष रहेको छ।
जोशीले २०७८ मा गोर्खा मिडियाबाट अलग भएको र लामिछानेले २०७९ मा अलग भएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस